टेक्नोको फेस्टिभ अफर : स्मार्टफोन किन्दा ५ लाखको सुनको चंगा जित्ने मौका

लोकपथ
0
Shares

काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा’ नामक फेस्टिभ अफर सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार अफर अक्टोबर ४ देखि नोभेम्बर १५, २०२६ सम्म सञ्चालन हुनेछ । यस अवधिमा टेक्नोका जुनसुकै मोडेलका स्मार्टफोन खरिद गर्ने ग्राहकले अफरमा सहभागी हुन सक्नेछन् ।

अफरअन्तर्गत ग्राहकले सुन तथा चाँदीका चंगा र सिक्का जित्ने अवसर पाउनेछन् ।

योजनामा सहभागी हुन ग्राहकले नेपालभरका टेक्नोका आधिकारिक विक्रेता वा अनलाइन माध्यमबाट स्मार्टफोन खरिद गर्नुपर्नेछ । त्यसपछि उपलब्ध क्यूआर कोड स्क्यान गरी खुल्ने वेबसाइटमा आफ्नो नाम, सम्पर्क नम्बर, ठेगाना र खरिद गरिएको स्मार्टफोनको आईएमईआई नम्बर प्रविष्ट गर्नुपर्नेछ ।

विवरण दर्ता गरेपछि ग्राहकले डिजिटल स्क्र्याच कुपन पाउनेछन् । उक्त कुपनमार्फत भाग्यशाली ग्राहकले तत्कालै ३० हजार रुपैयाँ बराबरको चाँदीको चंगा वा ५ हजार रुपैयाँ बराबरको चाँदीको सिक्का जित्न सक्ने कम्पनीले जनाएको छ ।

तत्काल उपहार नपाउने ग्राहक पनि योजनाबाट बाहिरिने छैनन् । तत्काल उपहार पाउने र नपाउने सबै सहभागी स्वतः बम्पर लक्की ड्रमा सहभागी हुनेछन् ।

अफरको अन्त्यमा हुने लक्की ड्रबाट एक जना भाग्यशाली विजेताले ५ लाख रुपैयाँ बराबरको ‘सुनको चंगा’ जित्ने कम्पनीले जनाएको छ ।

टेक्नो नेपाल तथा भारतका सीईओ अरिजित तालापात्राले चाडपर्वको अवसरमा नेपाली ग्राहकसँगको सम्बन्ध थप बलियो बनाउन र उनीहरूले देखाएको माया तथा विश्वासप्रति आभार व्यक्त गर्न अफर ल्याइएको बताए ।

कम्पनीका अनुसार मजबुत बनावट, नेटवर्क क्षमता, टिकाउ ब्याट्री, सुलभ मूल्य तथा स्मार्टफोनमा उपलब्ध १०० दिनको रिप्लेसमेन्ट ग्यारेन्टीका कारण नेपाली बजारमा टेक्नोको उपस्थिति विस्तार हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?