काठमाडौं । आईफोन निर्माता कम्पनी एप्पलले आगामी आइफोनको नयाँ सिरिज ‘आइफोन–१८’ सार्वजनिक गर्ने तयारी गरेको छ ।
आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र फोल्डेबल आइफोनको अल्ट्रा डिजाइन धेरै हदसम्म आइफोन १७ प्रो सिरिजसँग मिल्दोजुल्दो हुने भए पनि नयाँ मोडलमा केही महत्वपूर्ण सुधारहरू आउने चर्चा छ ।
आइफोन–१८ मा एप्पलले १३ वटा नयाँ फिचरहरु परिवर्तन गरेको छ । जसमा एप्पलले आइफोन–१८ मा र्यामको क्षमता बढाउने भएको छ ।
यस्ता छन् नयाँ फिचर्सहरु :
१. सानो डाइनामिक आइल्याण्ड
आइफोन १८ का लागि बजारमा अहिले चलेको चर्चा भनेको सानो डायनामिक आइल्याण्ड हो । फेस आईडीका केही सेन्सरहरू डिस्प्ले मुनी राखिने भएकाले यसको माथिल्लो भागमा रहेको कालो भाग वा ‘डायनामिक आइल्याण्ड’ पहिलेभन्दा अझ सानो हुने बताइएको छ ।
२. एलटीपीओ प्लस डिस्प्ले
आइफोन १८ मा नयाँ एलटीपीओ प्लस प्रविधिले रिफ्रेस रेटलाई एकदमै कम गर्छ । स्थिर तस्बिर वा ‘अलवेज–अन डिस्प्ले’ हेर्दा यसले अनावश्यक ऊर्जा खपतलाई पूर्ण रूपमा रोक्छ । पुराना ओएलईडी प्यानलको तुलनामा यसले धेरै कम ऊर्जा खपत गर्दै ब्याट्री लामो समय टिकाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
३. भेरिएबल एपर्चर क्यामेरा
आइफोनको आगामी सिरिज १८ प्रो र आइफोन १८ प्रो म्याक्स मोडलहरुमा पहिलो पटक भेरिएबल एपर्चर क्यामेरा मुख्य फिचरको रुपमा आउने भएको छ । जीएसएमएरिनाको रिपोर्ट अनुसार यसले फोटो र भिडियोमा प्रकाशको मात्रा नियन्त्रण गर्न र डेप्थ अफ फिल्ड अझ राम्रो बनाउन सघाउनेछ ।
४. १२ जीबी र्याम
रिपोर्टहरुका अनुसार आइफोन १८ प्रो, आईफोन १८ प्रो म्याक्स र आइफोन अल्ट्रा मोडेलहरुमा १२ जीबीको र्याम रहनेछ । यसका लागि १.५ जीबीका ८ वटा ‘डाइज’ प्रयोग गरिनेछ । यी हाई–इण्ड मोडेलहरुमा शक्तिशाली ए२० प्रो चिपसेट रहनेछ । साथै, एप्पलले भविष्यमा ल्याउने फोल्डेबल आइफोनमा समेत १२ जीबी र्यामकै प्रयोग गर्ने संकेत छ ।
५. ए२० प्रो चिप
आइफोन १८ प्रो मोडेलहरुमा ए२० प्रो चिप प्रयोग गरिनेछ, जुन अहिलेसम्मकै अत्यन्त शक्तिशाली र उन्नत प्रविधिमा आधारित हुनेछ । रिपोर्टहरुका अनुसार यो चिपसेट २ न्यानोमिटर प्रविधिमा तयार पारिनेछ, जसले फोनको गति बढाउनुका साथै ऊर्जा खपतमा समेत धेरै कटौती गर्नेछ ।
६. सी२ मोडेम
एप्पलको तेस्रो पुस्ताको सी२ मोडेम ले अझ छिटो पाँच जी सेवा र राम्रो ऊर्जा दक्षता प्रदान गर्ने सम्भावना छ । एप्पलले आफ्नो अत्याधुनिक सी२ मोडेम प्रयोग गर्ने तयारी गरेको छ, जसले १५ वर्षदेखिको क्वालकम मोडेममाथिको निर्भरतालाई कम गर्नेछ । हालै बाहिरिएका विभिन्न प्राविधिक प्रतिवेदन र टाटा आपूर्ति श्रृङ्खलाबाट बाहिरिएका दस्ताबेजहरु अनुसार यो नयाँ चिप आईफोन १८ प्रो र प्रो म्याक्स मोडलहरूमा मुख्य आकर्षण बन्ने निश्चित छ ।
७. स्याटेलाइटमार्फत ‘फाइभ जी’
अन्तर्राष्ट्रिय रिर्पाेटहरुका अनुसार आइफोन १८ प्रो र प्रो म्याक्स मोडलहरुमा मोबाइल नेटवर्क वा वाइफाइ उपलब्ध नभएको अवस्थामा पनि स्याटेलाइटमार्फत फाइभ जी प्रयोग गरेर इन्टरनेट चलाउन सकिने छ ।
८. एन२ चिप
आइफोन १८ प्रो सिरिजमा नयाँ एन२ वायरलेस कनेक्टिभिटी चिप प्रयोग हुने बलियो सम्भावना छ ।
एप्पलसम्बन्धी बाहिरिएका पछिल्ला रिपोर्टहरुका अनुसार, आगामी आइफोन १८ सिरिजमा एन२ चिप र प्रोसेसरका क्षेत्रमा अपग्रेडहरू देख्न सकिनेछ । यो आइफोन १७ सिरिजमा आउने भनिएको एन२ चिपको नयाँ र परिमार्जित संस्करण हुनेछ । यसले फोनको वाईफाई, ब्लुटुथ र थ्रेड कनेक्टिभिटीलाई अझ तीव्र र भरपर्दो बनाउनेछ । यस चिपले वायरलेस नेटवर्कको कार्यक्षमता सुधार्नुका साथै पर्सनल हटस्पट र एयरड्रपको स्पिड र ब्याट्री खपतमा राम्रो सुधार ल्याउनेछ ।
९. डार्क चेरी नयाँ रङ
आगामी आईफोन १८ प्रो र १८ प्रो म्याक्स चार नयाँ र परिष्कृत रंगहरुमा उपलब्ध हुनेछन् । विशेषगरी आइफोन यी मोडलहरुमा डार्क चेरी मुख्य र विशेष रङ हुनेछ, जुन गाढा वाइन–रातो, कफी र वैजनी रङको सम्मिश्रण जस्तो देखिन्छ । विभिन्न प्रविधि वेबसाइटहरू र बाहिरिएका रिपोर्ट अनुसार, डार्क चेरीका बाहेक यस सिरिजमा अन्य ३ वटा आकर्षक रङहरू समावेश हुनेछन् जसमा लाइट ब्लू, डार्क ग्रे र सिल्भर जस्ता नयाँ रङहरुमा रहने छ ।
१०. क्यामेरा कन्ट्रोल बटनमा परिवर्तन
टच सेन्सिटिभिटी र ह्याप्टिक फिडब्याक हटाएर केवल प्रेसर–सेन्सिभ मात्र राख्ने योजना बनाएको छ । स्वाइप गरेर जुम वा एक्सपोजर मिलाउने सुविधा हट्न सक्नेछ । बटनले केवल थिच्ने मात्रा मात्र पहिचान गर्नेछ । उत्पादन खर्च र मर्मतको समस्या कम गर्न यो कदम चालिने भएको हो ।
११ . नयाँ रियर सिरामिक शिल्ड
म्यागसेफ क्षेत्रको पछाडिको सिरामिक शिल्ड अहिलेको भन्दा अझ आकर्षक, एकरूप र फ्रस्टेड डिजाइनमा आउने रिर्पोटहरुले जनाएको छ ।
१२. ठूलो ब्याट्री
आइफोन १८ प्रो म्याक्समा अघिल्लो मोडलभन्दा करिब १० प्रतिशत ठूलो ब्याट्री हुने दाबी एप्पलले गरेको छ । जसअनुसार आईफोन १८ प्रो म्याक्समा ५,१०० देखि ५,२०० एमएच सम्मको ठूलो ब्याट्री क्षमता हुनेछ ।
१३. केही बाक्लो डिजाइन
ठूलो ब्याट्री समेट्नका लागि आईफोन १८ प्रो म्याक्सको डिजाइन अघिल्लो मोडलभन्दा केही बाक्लो र भारी हुन सक्ने चर्चा छ । २४० ग्रामको आसपासमा अहिलेसम्मकै सबैभन्दा भारी आईफोनको रूपमा रेकर्ड बराबरी गर्ने वा तोड्ने छ । यसले आईफोन १७ प्रो म्याक्स भन्दा लगभग ७ ग्राम बढीलाई औंल्याउँछ । लगभग ९ मिमी बाक्लो मापन गर्ने अपेक्षा गरिएको छ, जसले यसलाई अघिल्लो संस्करणहरु भन्दा अलि मोटो बनाउँछ ।
साथै, उद्योगका विज्ञहरुका अनुसार यस मोडलको आईफोन पार्टपुर्जाको बढ्दो लागत र विभिन्न उच्च–स्तरीय (प्रिमियम) हार्डवेयर सुधारहरुका कारण यी फोनहरुको मूल्यमा ३०० अमेरिकी डलरसम्मको वृद्धि हुन सक्ने अनुमान गरिएको छ । एप्पलले अहिलेसम्म बजारमा ल्याएकामध्ये सबैभन्दा महँगा प्रो संस्करणका रुपमा यी मोडलहरुले नयाँ कीर्तिमान कायम गर्न सक्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया