काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
बीमा कम्पनीले प्रशासन, सह व्यवस्थापक (८औँ तह) देखि कृषि प्राविधिकसम्मका कर्मचारी माग गरेको हो ।
कम्पनीका अनुसार ८औँ तहका प्रशासन सह व्यवस्थापक र प्रशासन चार्टर्ड एकाउन्टेन गरी २ जना, सातौँ तहका प्रशासन नायब व्यवस्थापक र प्रशासन कानुन अधिकृत १–१ जना माग गरिएको छ ।
छैठौँ तहको प्रशासन सहायक व्यवस्थापक खुला एक जना र प्रशासन सहायक व्यवस्थापक एक जना महिला कर्मचारी माग गरिएको छ ।
५औँ तहका विभिन्न पदमा ३ जना कर्मचारी माग गरिएको छ । जसमा प्रशासन सहायक ‘क’, स्वास्थ्य सहायक र सूचना प्रविधि सहायक रहेका छन् ।
कम्पनीले ४औँ तह अर्थात् इन्ट्री लेभलका विभिन्न पदमा ७ जना कर्मचारी माग गरेको छ ।
जसमा प्रशासन सहायक ‘ख’ ३ जना (खुला), प्रशासन सहायक ‘ख’ १ जना (महिला), प्रशासन सहायक ‘ख’ १ जना (आदिवासी जनजाती), प्रशासन सहायक ‘ख’ १ जना (अपांग) र कुषि प्राविधिक १ जना (आदीवासी जनजाती) बाट माग गरिएको हो ।
स्थायी प्रकृतिको कर्मचारी माग गरिएकोमा दरखास्त दिने अन्तिम मितिसम्म अधिकृत स्तरका लागि २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको, सहायक स्तरका लागि १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको तर सबै तहका महिला तथा अपांगता भएका उम्मेदवारको हकमा ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया