वार्षिक प्रतिवेदन उत्कृष्ट ठहरिँदै नेपाल लाइफले जित्यो ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट-२०२५’ अवार्ड

लोकपथ
0
Shares

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा ठूलो उपलब्धि हासिल गरेको छ ।

कम्पनीले नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत स्वर्ण पुरस्कार प्राप्त गरेको हो । यो पुरस्कार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले प्रदान गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनलाई वित्तीय पारदर्शिता, स्पष्ट विवरण, लेखा मापदण्डको पालना र राम्रो सुशासनका आधारमा उत्कृष्ट ठहर गरिएको हो ।

पुरस्कार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले ग्रहण गरेका थिए ।

कम्पनीका अनुसार हालसम्म ५२ लाखभन्दा बढी बीमालेख जारी गरिसकेको छ। साथै, करिब २ खर्ब ६७ अर्ब रुपैयाँको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको छ। अहिलेसम्म १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी पनि गरिसकेको छ ।

नेपाल लाइफले राज्यलाई १७ अर्ब रुपैयाँभन्दा बढी कर तिरेर अर्थतन्त्रमा योगदान दिएको पनि जनाएको छ । साथै, इक्रा नेपालबाट ‘AA-’ क्रेडिट रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी भएको दाबी पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?