काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफू पुनः गृहमन्त्री बन्नसक्ने संकेत गरेका छन् ।
पूर्वगृहमन्त्री समेत रहेका सांसद गुरुङले आफूमाथि छानबिन भइरहेको र सफाइ पाएमा आफू पुनः पदमा फर्किन सक्ने संकेत गरेका हुन् ।
बालेन नेतृत्वको सरकारमा गृहमन्त्री रहेका गुरुङको सम्पत्तिमाथि अनेकन प्रश्न उठेपछि राजीनामा दिएका थिए । साथै उनीमाथि अनुसन्धान गर्न बनेको छानबिन समितिले प्रतिवेदन प्रधानमन्त्री बालेनलाई बुझाइसकेको छ । बालेनले अध्ययन गरेर निर्णय गर्ने बताइएको छ ।
यसैबिच आइतबार गृहजिल्ला गोरखामा रास्वपाको जिल्ला अधिवेशनमा पुगेका गुरुङले आफू पुनः पदमा फर्किएपछि सबै समस्याहरु समाधान गर्ने प्रतिबद्धता समेत जनाए । उनले आफू पुनः गृहमन्त्री बनेमा बधाइ दिने खादा माला लगाउने लगायतका कार्यक्रमहरु नगर्न समेत आग्रह गरे ।
सुधनले भनेका छन् :
म एउटा साधारण नागरिक हुँ, कुनै राजनीतिक दलमा आवद्ध भएको थिइन् । मैले पहिलेदेखि नै कुनै सार्वजनिक पद धारण गरेको थिइन् । मैले आफूले गर्न सक्ने गरी कति कुरा कमाए हुँला, कति कुरा गुमाएँ हुँला । कति ऋण लिएँ हुँला कति सापट गरे हुँला, त्यो आफ्नो ठाउँमा छ । यति छानबिन हुँदै गर्दा यति कडा कडा प्रश्न गर्नुभयो कि, पूरानो सुधन गुरुङ निस्किसकेको थियो, रिसाउने सुधन गुरुङ ।
म एउटा साधारण नागरिक, अहिले एउटा सार्वजनिक पदमा छु, म त्यो बुझ्छु । म पारदर्शी हुनुपर्छ भन्ने कुरा बुझ्छु । र सफाइ पाइहालेको खण्डमा फेरि उहाँहरुले इच्छाउनुहुन्छ र मलाइ काबिल देख्नुहुन्छ भने पनि म गैहाले भने पनि म सबैजनालाई आग्रह गर्छु, मलाई अलिकति समय दिनु, साढे दुइ महिना जतिको समय दिनु, त्यतिखेर यो फोटो खिच्ने, खादा माला लगाउने र बधाइ दिने कार्यक्रमहरु नगरौँ । मन्त्रालय धाउने काम नगरौँ । दुइ महिना जति समय दिनुहोला त्यतिबेलासम्म म सबै कुरा स्टाब्लिस गरिदिन्छु । त्यसपछि पनि भएन भने बाबु तिमीले बोलेको भएन है भन्नुहोला । म तपाईँहरुको छोरा जस्तो हो, मलाई तपाईँले जिताएर पठाउनु हुँदैमा म तपाईँ भन्दा माथि होइन । तपाईँहरुले भोट दिएर जिताएर नपठाउनु भएको भए आज म यो ठाउँमा पुग्दिन थेँ । म आफ्नो धरातल बुझ्छु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया