पोखरामा बजाज चेतक ईभीको नयाँ शोरुम

लोकपथ
35
Shares

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकर्षणबीच बजाज अटो अन्तर्गतको चेतक ईभीले पोखरामा आफ्नो विस्तारलाई तीव्र बनाएको छ ।

बजाजले पोखराको नयाँबजारमा नयाँ चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको हो ।

वैशाख ३१ गते उद्घाटन गरिएको उक्त शोरुम देशको केन्द्रीय राजधानी बाहिर प्रिमियम विद्युतीय दुई पाङ्ग्रे सवारीको पहुँच विस्तारका लागि नयाँ माध्यमका रुपमा हेरिएको छ ।

उद्घाटन कार्यक्रममा गोल्छा ग्रुपका प्रतिनिधि तथा नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो ।

कम्पनीका अनुसार आधुनिक ईभी प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको उक्त केन्द्रमा सवारी प्रदर्शन, टेस्ट राइड, खरिद परामर्श तथा चेतक ईभीका लागि विशेष सेवा सुविधा एउटै स्थानबाट उपलब्ध हुनेछ । ग्राहकले डिजिटल प्रोडक्ट डिस्प्ले मार्फत स्कुटरका विशेषता बुझ्न सक्नेछन् भने प्रशिक्षित ईभी विज्ञबाट चार्जिङ समाधान र स्मार्ट फिचरसम्बन्धी
परामर्श पनि प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै चेतक पोखराका सञ्चालक अगोष मान बुद्धाचार्यले पोखरामा एक्सपेरियन्स जोन सञ्चालनले नेपालमा प्रिमियम विद्युतीय सवारीको पहुँच थप विस्तार हुने विश्वास व्यक्त गरे । कम्पनीले बजाज चेतकलाई परम्परागत डिजाइन, आधुनिक प्रविधि र स्मार्ट कनेक्टिभिटीको संयोजन भएको भरपर्दो इलेक्ट्रिक स्कुटरका रूपमा प्रस्तुत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?