काठमाडौं । लगातारको उतारचढावबीच बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक २.३१ अंकले बढेर २ हजार ५७४ दशमलव ६५ विन्दुमा पुगेर बन्द भएको छ ।
आज कारोबार भएका अधिकांश उपसमूहको परिसूचक बढेका छन् । फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूहका उपसूचक भने घटेका छन् ।
आज १४० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ वटा कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ११ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।
आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ । आरबीबी म्युचुअल फन्ड–२ को सेयर मूल्य भने सर्वाधिक ८.०७ प्रतिशतले घटेको छ ।
नेप्सेसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ । आज ३५४ वटा कम्पनीका १ करोड १२ लाख ३३ हजार ६३६ कित्ता सेयर ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ ।
बुधबार ३५९ वटा कम्पनीका १ करोड ३ लाख ६८ हजार ८८ कित्ता सेयर ३ अर्ब ४७ करोड ८० लाख ८० हजार रुपैयाँमा किनबेच भएको थियो ।
यसरी अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकम करिब ४५ करोड रुपैयाँले बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया