कांग्रेस महाधिवेशन : फेरि सर्‍यो मतदानको समय, २ बजेबाट सुरु हुने

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय फेरि सरेको छ ।

मतदानको सम्पूर्ण तयारी पूरा नभएपछि दिउँसो १ बजेका लागि तय गरिएको मतदानको समय पुनः सारिएको हो ।

यसअघि आज बिहान १० बजेबाट मतदान सुरु गर्ने तयारी गरिएको थियो । तर, तयारी पूरा नभएपछि निर्वाचन समितिले मतदानको समय दिउँसो १ बजेसम्मका लागि सारेको थियो ।

अहिले भने दिउँसो २ बजेबाट मतदान सुरु गर्ने सहमति भएको छ । निर्वाचन समितिले पदाधिकारीका उम्मेदवारहरूसँग छलफल गरी २ बजेबाट मतदान सुरु गर्ने सहमति गरेको हो ।

महाधिवेशन सुरु भएको आज पाँचौँ दिनमा कांग्रेसले नयाँ केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?