अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन पेस

लोकपथ
0
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–०८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन बुझेका छन् ।

सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थमन्त्री डा. वाग्ले समक्ष सो प्रतिवेदन पेस गरेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा (५) आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन दफा ६९ (४) मा नेपाल सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकार समक्ष एक प्रतिवेदन पेश गर्ने व्यवस्था रहेको छ ।

सोही अनुसार गभर्नर पौडेलले प्रतिवेदन अर्थमन्त्री डा. वाग्ले समक्ष पेस गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?