देशभर स्वास्थ्य शिविर सञ्चालन गरेर नेपाल लाइफ इन्स्योरेन्सले मनायो २५औँ वार्षिकोत्सव

लोकपथ
14
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर एवं देशभर रक्तदान कार्यक्रम गरेर मनाएको छ ।

वैशाख २१ र २२ गते कम्पनीले आफ्नो प्रधान कार्यालयको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

स्वास्थ्य परीक्षण सेवा आरबी डाइग्नोस्टिकमार्फत् प्रदान गरिएको थियो । शिविरमा ईसीजी, थाइराइड, सुगर, प्रेसर, एसजिपिटी, कोलेस्टोरोल, यूरिक एसिड लगायतका निःशुल्क चेकजाँच तथा विज्ञ डाक्टरहरुबाट निःशुक्ल परामर्श सुविधा प्रदान गरिएको थियो । २ दिने यस शिविरबाट कुल ६०१ जनाले प्रत्यक्ष लाभ लिएको नेपाल लाईफ इन्स्योरेन्सले जनाएको छ ।

त्यसो त वार्षिकोत्सवका अवसरमा कम्पनीले ७ वटै प्रदेशका १३ स्थानमा स्वास्थ्य शिविर राखेको थियो ।

कोशी प्रदेशको इटहरीमा ३०, मधेश प्रदेशको वीरगञ्जमा २५, जनकपुरमा २५, बागमती प्रदेशको काठमाडौंमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६, बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३, भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ र सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ गरी कुल ५०५ पिन्ट रगत संकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?