काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकका आर्थिक सूचकहरु सन्तोषजनक रहेको बताएका छन् ।
नेपाल राष्ट्र बैंकको वार्षिकककोत्सव समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान आर्थिक सूचकहरू सन्तोषजनक रहेको बताएका हुन् । उनकाअनुसार उपभोक्ता मुद्रास्फीति मौद्रिक नीतिको लक्ष्यको सीमाभित्रै रहेको छ । आर्थिक वर्ष २०८२ र ८३ को आठ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २.१ प्रतिशत छ, जुन अघिल्लो वर्ष ४.७ प्रतिशत थियो । शोधनान्तर स्थितिः शोधनान्तर वचत थप सुदृढ हुँदै गएको छ ।
वित्तीय प्रणालीतर्फ निक्षेप र कर्जा बीचको भारित औसत ब्याजदर अन्तर न्युनतम बिन्दुमा छ, जसले निजी क्षेत्र र सरकारलाई सस्तो ब्याजदरमा वित्तीय साधन परिचालन गर्ने अवसर दिएको छ । आर्थिक वृद्धितर्फ राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८२ र ८३ को दोस्रो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन ४.१ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान गरेको जनाकारी दिएका छन् । उनले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार बैंकले मौद्रिक, बैंकिङ्ग र विदेशी विनिमय नीतिहरू समयानुकूल परिमार्जन गर्दै लगेको बताए ।
मौद्रिक नीतिलाई थप तथ्यपरक र ‘फरवार्ड लुकिङ’ बनाउन बैंकले ‘म्याक्रोइकोनोमिक रिपोर्ट’ प्रकाशन शुरु गरेको र ब्याजदर करिडोरमार्फत कार्यान्वयनलाई पारदर्शी बनाइएको उनको भनाइ छ । उनले चुनाव पछि स्पष्ट जनादेश आएको बताउँदै अब मुलुकमा स्थायित्व कायम रहनेमा विश्वास समेत व्यक्त गरे ।
गभर्नर पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणतर्फ लक्षित गर्दै विश्व अर्थतन्त्रमा केही सुस्तता आउन सक्ने बताए । विश्व अर्थतन्त्र सन् २०२६ मा ३.१ प्रतिशत र २०२७ मा ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया