सुकमबासी बस्ती भत्काउँदा फुट्यो खानेपानीको पाइप 

लोकपथ
98
Shares

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर प्रयोग गरी टहरा भत्काउने क्रममा मुख्य खानेपानीको पाइप फुटेको छ । 

शनिबार बिहान भएको उक्त घटनाका कारण बालाजु, माइतीघर र एकान्तकुना क्षेत्रमा खानेपानी आपूर्ति प्रभावित भएको छ । 

पाइप मर्मतकार्यका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले यी तीन क्षेत्रका भल्भहरू बन्द गर्ने निर्णय गरेको छ । 

पाइपमा कति क्षति पुगेको छ भन्नेबारे यकिन भइसकेको छैन । डोजरले पाइपमा क्षति पुर्‍याएपछि बस्तीमा पानीको ठुलो भेल बगेको थियो, जसका कारण सुकुमबासी बस्तीका बासिन्दाले घरबाट निकालेका सामानहरू भिजेर नष्ट भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?