काठमाडौं । सरकारले राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकपछि बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
‘नेपाल राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गर्ने निर्णय भएको छ,’ मन्त्री रावलले भनिन् ।
त्यस्तै आजको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गर्ने लगायतका अन्य महत्वपूर्ण निर्णयहरु समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया