बढ्यो सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो ?

लोकपथ
280
Shares

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

सोमबारको तुलनामा सुन तोलामा तीन हजार ८०० र चाँदी प्रतितोला रु ३१० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १७ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० निर्धारण भएको छ ।

सोमबार एक तोला सुन तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४१० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १४१ र त्यति नै परिमाणको सेतो धातु ८७ ५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?