काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता ईश्वर पोखरेलले टोखा–छहरे सुरुङमार्ग निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।
उनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा उक्त सुरुङमार्गलाई उत्तरी भेगको आवागमन सहज बनाउने रणनीतिक पूर्वाधारका रूपमा अघि बढाइने उल्लेख गरेका छन् ।
प्रतिबद्धतापत्रमा लिच्छविकालीन राजधानी हाँडीगाउँको पुरातात्विक तथा सांस्कृतिक पक्षको अध्ययन गरी पुनरुत्थान गर्दै सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना पनि समेटिएको छ ।
यसैगरी, बूढानीलकण्ठ मन्दिर लाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने, बूढानीलकण्ठ–वागद्वार–चिसापानी–गोसाइँकुण्ड पदमार्ग निर्माण गर्ने तथा तामाङ बस्तीमा सामुदायिक होमस्टे विस्तार गर्ने योजना अघि सारिएको छ ।
टोखास्थित सपनतीर्थ र चण्डेश्वरी मन्दिरलगायत धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटकीय गन्तव्य विकास गर्ने तथा टोखाको चाकुलाई अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
प्रतिबद्धतापत्रअनुसार हाँडीगाउँ, टुँडालदेवी, धरमपुर, बूढानीलकण्ठ, धापासी र टोखामा सञ्चालन हुने सांस्कृतिक जात्रा, स्थानीय कला–संस्कृति तथा तामाङ र नेपाल भाषाको संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिइएको छ ।
यसका साथै काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिका क्षेत्रमा खानेपानी, ढल निकास, फोहरमैला व्यवस्थापन, सार्वजनिक यातायात तथा उद्यान निर्माणलाई पनि प्राथमिकतामा राखिएको नेता पोखरेलले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया