हिमालयन लाइफको कार्यवाहक सीईओमा कबि फुयाँल नियुक्त

लोकपथ
0
Shares

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कबि फुयाँल नियुक्त भएका छन् ।

कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले फुयाँललाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कम्पनीले असोज २६ गतेदेखि लागू हुने गरी उनलाई वरिष्ठ नायब कार्यकारी प्रमुखमा नियुक्त गरेको छ । सोही दिनदेखि उनलाई कार्यवाहक सीईओको जिम्मेवारीसमेत दिइएको हो ।

फुयाँल यसअघि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) का रूपमा कार्यरत थिए । उनले गत साता सन नेपाल लाइफबाट राजीनामा दिएका थिए । सन नेपाल लाइफमा जानुअघि उनी आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए ।

हाल हिमालयन लाइफको सीईओमा कपिलकुमार दाहाल छन् । तर, नेपाल बीमा प्राधिकरणले उनलाई निलम्बन गरेपछि उनी जिम्मेवारीबाट बाहिर छन् ।

प्राधिकरणको निलम्बनविरुद्ध दाहाल अदालत पुगेका छन् । तर, उनको मुद्दाको सुनुवाइका लागि तोकिएको पेसी पटक–पटक सर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?