मोरङ–३ लाई नफाप्ने ‘महामन्त्री’ : ‘गणेश कार्की र सुनिल शर्मालाई हेर्नुस्’ !

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मतगणनाको नजिता सार्वजनिक भइरहेको छ ।

सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरु र महामन्त्रीको परिणाम आइसकेको छ । यता सहमहामन्त्री र महिला खुलाको मतगणना जारी रहेको छ ।

रास्वपाको महत्वपूर्ण मानिने महामन्त्री पदमा पूर्वमहामन्त्री प्रदीप पौडेल, पूर्वसहमहामन्त्री उदयशमशेर राणा र महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भइन् ।

महाधिवेशन अवधिभर चर्चामा रहेका डा. सुनिल शर्मा पराजित भए । शर्माले २ हजार २ सय ५७ मत मात्रै प्राप्त गरे । मतको हिसावले तेस्रो भएका शर्माले निर्वाचित भएका राणालाई टक्कर भने दिएका थिए ।

शर्माको मत परिणाम र तेस्रो पोजिसनलाई लिएर रास्वपा सांसद गणेश कार्कीले व्यंग्य गरेका छन् । गत फागुन २१ को निर्वाचनमा मोरङ क्षेत्र नं ३ मा कार्कीसँग प्रतिष्पर्धी थिए शर्मा । तर पराजित भए । यता असारमा भएको रास्वपा महाधिवेशनमा कार्कीले पनि महामन्त्रीमै प्रतिष्पर्धा गरे तर तेस्रो भएका थिए । रास्वपाको महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित हुँदा दोस्रोमा मनिष झा र कार्कीको तेस्रो मत आएको थियो ।

सो सन्दर्भलाई जोड्दै सांसद कार्कीले मोरङ–३ ले महामन्त्री नफाप्ने भन्दै व्यंग्य गरेका छन् ।

‘मोरङ ३ मा विशेष केही छ । महामन्त्रीमा उठौ उठौ लाग्छ र उठे पछि तेस्रो भइन्छ । मलाई हेर्नुस्, सुनिल शर्माजीलाई हेर्नुस्,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?