पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरोको सम्भावना

लोकपथ
105
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हिमाली भू–भागमा सामान्यतया बदली रहेको छ भने पहाडी र बाँकी भू–भागमा आंशिक बदली छ । तराईका केही स्थानमा तुवाँलो देखिएको छ ।

आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लाग्नेछ भने पहाडी तथा हिमाली भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ ।

त्यसैगरी, आज राति पनि तराईका केही स्थानमा कुहिरो लाग्ने र पहाडी तथा हिमाली भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाले हिमपात, वर्षा तथा हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यसँगै हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबै सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?