काठमाडौंबाट उडेको टर्कीस एयरको जहाजको इन्जिनमा आगलागी, कोलकता ‘डाइभर्ट’

लोकपथ
518
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टर्कीस एयरको जहाजको इन्जिनमा आगो लागेपछि कोलकता डाइभर्ट गरिएको छ ।

टर्कीस एयरको उक्त जहाज बुधबार दिउँसो १ः२९ बजे टर्कीको स्थानाबुलका लागि उडेको थियो ।

उडानको केही समयमा दायाँ इन्जिनमा आगो लागेको भन्दै विमानस्थलमा रिपोर्ट आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

साथै उक्त जहाज भारतको कोलकतामा ३ बजेर ३ मिनेटमा सकुशल अवतरण गरेको विमानस्थलले जनाएको छ ।

उक्त विमानमा २२५ यात्रु र ११ जना चालक दलका सदस्यसहित २३६ जना सवार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?