रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज पेसी

लोकपथ
581
Shares

बुटवल। सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको आज अदालतमा पेसी तोकिएको छ ।

सुप्रिम सहकारी ठगीको मुद्दामा लामिछानेले सहकारीमा भएको आफ्नो भागको बिगो रकम अदालतमा दाखिला गरिसकेका थिए । तर, जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले उनलाई रिहा गर्न अस्वीकार गरेको थियो ।

यस आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए । आजको पेसी उच्च अदालत बुटवलमा तोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?