काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन् ।
बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरूबीच भेटवार्ता भएको हो ।
सभामुखको सचिवालयका अनुसार लामिछाने र अर्यालबीच करिब २० मिनेट कुराकानी भएको थियो। सचिवालयले उक्त भेटलाई अनौपचारिक भनेको छ ।
भेटमा के विषयमा छलफल भयो भन्नेबारे भने खुलाइएको छैन।
यसअघि बुधबार रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरेका थिए । प्रधानमन्त्रीसँगको भेटको भोलिपल्टै उनले सभामुख अर्यालसँग भेट गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया