काठमाडौं । सशस्त्र प्रहरी बलले मंगलबामर राति काठमाडौंबाट १२० ग्राम ब्राउनसुगरसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा एपीएफ इन्टेलिजेन्स ब्युरोको टोलीले काठमाडौं महानगरपालिका–३२ स्थित विश्राम गेस्टहाउसको कोठा नं. ६ बाट पाँचथर जिल्ला फालेलुङ– ५ बस्ने ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राईलाई बेचबिखन गरिएको अवस्थामा लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट बरामद ब्राउनसुगर, मोबाइल २ थान र ४ हजार ५५० रुपैयाँ नगदसहित आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाल बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया