एकैपटक सशस्त्रका १ हजार ५११ जवानको सरुवा

लोकपथ
847
Shares

काठमाडौं । एकैपटक ठूलो संख्यामा सशस्त्र प्रहरीका जवानहरुको सरुवा भएको छ ।

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले एकैपटक एक हजार ५ सय ११ जना जवानको सरुवा गरेको छ ।

प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार भन्दै आज आइतबारको मितिमा उनीहरूको सरुवा गरिएको हो ।

जसअनुसार हाल सशस्त्र प्रहरी बल नेपाल नं २८ गण हे. क्वा. कपिलवस्तुमा कार्यरत उत्तम थापालाई सशस्त्र प्रहरी बल, नेपाल नं ३० गुल्म हे. क्वा. कपिलवस्तुमा सरुवा भएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं १८ गण हे. क्वा. निलबाराही काठमाडौंमा कार्यरत श्यामकुमार नेपालीलाई शसस्त्र प्रहरी बल, नेपाल दंगा नियन्त्रण रेजिमेन्ट गण निलबाराही काठमाडौंमा सरुवा गरिएको हो ।

सबैको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?