काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।
भृकुटीमण्डपसम्म निकालिएको र्याली सर्वपक्षीय अन्तरिम सरकार गठनको मागसहितको प्रदर्शनमा परिणत भएको हो । पार्टीले हालको राजनीतिक अवस्थालाई अस्थिर र जनताविरोधी भन्दै नयाँ राजनीतिक विकल्पको आवश्यकता औँल्याएको छ ।
प्रदर्शनपछि आयोजित सभालाई महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने तयारी गरिएको छ । नेताहरूका अनुसार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको राजनीतिक परिवेश र आगामी रणनीतिबारे विप्लवले धारणा सार्वजनिक गर्नेछन् ।
यसअघि विप्लवले आफ्नो पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर सोहीबिच पार्टीभित्र दुई समूह छुट्टिएर नयाँ संरचना बनाएपछि विप्लव नेतृत्वले एकतामुखी सन्देश दिने तयारी गरेको बताइएको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया