काठमाडौं । गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलाइप्रति चासो देखाउँदै काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।
शनिबार गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटघाट गरेका गृहमन्त्री गुरुङले पुल निर्माणमा भइरहेको ढिलाइबारे स्थानीयको गुनासो सुनेका थिए । पुल निर्माण समयमै सम्पन्न नहुँदा स्थानीयलाई आवतजावत गर्न समस्या भइरहेको उनीहरूको भनाइ थियो ।
स्थानीयको गुनासो सुनेपछि गुरुङले सडक विभागका कर्मचारीलाई रोकिएको निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिएका हुन् ।
उनले पुल निर्माणमा देखिएका समस्या समाधान गर्न सरकारसँग आवश्यक समन्वय गरी थप पहल गर्न पनि सम्बन्धित कर्मचारीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया