जेसीज राष्ट्रिय अध्यक्षका लागि उम्मेदवारी घोषणा

लोकपथ
14
Shares

काठमाडौं । नेपाल जेसीजका अनुभवी र सक्रिय नेता जेसी जीवन कार्कीले २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनी रामेछाप जेसीजका आधिकारिक उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका हुन् ।

कार्कीले आफ्नो उम्मेदवारी अभियानलाई ‘प्रोजेक्ट संकल्प २०२६ एकताको संकल्प, रूपान्तरणको यात्रा’ नाम दिएका छन् ।

सो अभियानको मूल नारा ‘लक्ष्य राखौँ, कार्य गरौँ, सफलता हासिल गरौँ’ रहेको छ ।

उनका अनुसार नेतृत्व पद होइन, जिम्मेवारी र रूपान्तरणको प्रक्रिया हो । ‘स्पष्ट लक्ष्य बनाएर दृढताका साथ अघि बढे मात्रै साझा सफलता सम्भव हुन्छ,‘ उनले भने ।

कार्कीले जनकपुरमा हुने नेपाल जेसीजको ५२औँ राष्ट्रिय अधिवेशनमा आफ्नो दृष्टि, रणनीति र कार्ययोजना प्रस्तुत गर्ने तयारी गरेका छन् ।

रामेछापबाट जेसीज यात्रा सुरु गरेका कार्की सन् २०१५ मा सदस्य बनेका थिए । उनले क्रमशः २०२१ मा शाखा अध्यक्ष, २०२२ मा राष्ट्रिय उपाध्यक्ष र २०२३ मा कार्यकारीणी उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । ५१औँ अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बनेका बेला उनले ‘मन जिते तर मतले हारे’ भन्ने उपमा पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?