नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका–९ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापति किरणबाबु गजुरेलले दुई विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।
समाजसेवी समेत रहेका वडा सभापति गजुरेलले वडामा रहेका २ विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।
बेलकोटगढी–९ मा रहेको महामाया माध्यमिक विद्यालयलाई १०,००० (दश हजार) र बेलकोटगढीको केन्द्र रहेको बागखोरस्थित श्री महादेव माध्यमिक विद्यालयलाई ५,००० (पाँच हजार) आर्थिक रकम हस्तान्तरण गरेका हुन् ।
विद्यार्थीहरूको दिवा खाजाका लागि आवश्यक खाजाघर (क्यान्टिन) व्यवस्थापनमा टेवा पुऱ्याउने उद्देश्यले सो रकम उपलब्ध गराएको गजुरेलले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया