जंगलको बिचमा फैलिएको मनमोहक बिस हजार ताल [तस्बिरहरु]

चितवन घुम्न जाने पर्यटकहरुको रोजाइमा पर्छ बिस हजार ताल । धेरैले यसलाई बिस हजारी ताल पनि भन्ने गर्दछन् । चितवन राष्ट्रिय निकञ्जभित्र पर्ने यो ताल क्षेत्र पशुपंक्षीको बासस्थानको कारण पनि चर्चामा रहने गर्दछ ।

मौसम छल्न विश्वका विभिन्न राष्ट्रबाट समेत यहाँ चराचुरुङ्गीहरु बसाइसराइ गरेर आउने गर्दछन् ।

प्रचारप्रसारको अभाव रहेको बिस हजार ताल रामसार क्षेत्रमा समेत सूचीकृत रहेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौलीदेखि ६ किलोमिटर दूरीमा रहेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो क्षेत्र ताल, सिमसार क्षेत्र र सालको घनाजङ्गलबिच पाँच हजार ७८१ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

तस्बिरहरु हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?