काठमाडौं । पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महराको मुद्दामा बुधबारबाट मात्रै थुनछेक बहस सुरु हुने भएको छ ।
०७९ साल पुसमा इलेक्ट्रिक चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महरालाई आइतबार पक्राउ गरेको थियो ।
महराविरुद्ध सरकारी वकिलमार्फत सोमबार अदालतमा मुद्दा दर्ता गराएकामा मंगलबार (आज) बयान र आजैबाट थुनछेक बहस हुने भनिएको थियो । तर बयान ढिला सकिएका कारण उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेर भोलिबाट मात्रै थुनछेक बहस सुरु हुने भएको हो ।
सिआइबीले यसअघि नै गरेको अनुसन्धानमा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल भन्ने रेशम महराविरुद्ध सुन तस्करी र संगठित अपराधमा मुद्दा चलेको भएपनि महराविरुद्ध भने प्रमाण नपुगेको भन्दै मुद्दा नचल्ने निर्णय गरिएको थियो । तर सिआइबीमा डा। मनोज केसीले नेतृत्व सम्हाले लगत्तै महरालाई आइतबार सोही प्रकरणमा पक्राउ गरी सोमबार नै काठमाडौं जिल्ला अदालतमा पूरक अभियोग पत्र दायर गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया