पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई गएराति महाराजगन्जस्थित उनकै निवासबाट पक्राउ गरेको हो । अहिले उनलाई टेकुस्थित कार्यालयमा राखिएको छ । उनलाई कुन अभियोगमा पक्राउ गरिएको भन्ने खुल्न सकेको छैन । यद्यपि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उनीविरुद्ध उजुरी परेको जनाइएको छ ।

उनी २०७५ साल पुस १७ गते प्रधानन्यायाधीश बनेका थिए । उनीविरुद्ध २०७८ साल फागुन १ गते महाअभियोग दर्ता भएको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए । २०७९ को मंसिरमा उनको महाअभियोग प्रस्ताव निष्क्रिय भएको भनेर संसदका महासचिवले सर्वोच्चलाई पत्र लेखेका थिए । सो पत्रविरूद्ध रिट परेको थियो । सो रिट खारेज गर्ने निर्णय सर्वोच्चले गरिसकेको छ ।

उनीविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव पारित वा अस्वीकृत नै नभई संसद्को कार्यकाल सकिएको थियो । त्यसपछि उनको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको थियो ।

महाभियोग निष्क्रिय बनेको भन्दै उनी सर्वोच्च अदालत फर्कन खोजेको भएपनि सफल भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?