काठमाडौं । गएराति एकाएक पक्राउ परेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले छाडेको छ ।
राणालाई पक्राउ पुर्जी बिना नै मध्यराति घरबाट पक्राउ गरिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिइ कार्यालयमा राखेको थियो । तर कारण भने खुलाइएको थिएन । प्रहरीले उनलाई सुरक्षा दिन घरबाट कार्यालयमा ल्याइएको र सुरक्षित साथ राखिएको दाबी गरेको थियो ।
आइतबार दिउँसो भने चोलेन्द्रलाई घरमा पुर्याइएको छ ।
मध्यराति बिना पक्राउ पुर्जी पक्राउ गरिएको र अन्य कारण नखुलाई पुनः छाडिएको भन्दै त्यसबारे चौतर्फी आलोचना भइरहेको छ ।
त्यसो त आज नै मानवअधिकार आयोगको टोली राणालाई भेट्न कार्यालय पुगेको थियो तर उनीहरुलाई समेत भेट्न दिइएको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया