राष्ट्र बैंकले यस वर्ष सुनको असर्फी वितरण नगर्ने

लोकपथ
588
Shares

काठमाडौं । तिहार (धनतेरस) लाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले हरेक वर्षजस्तै यस वर्ष पनि चाँदीका मेडालियन (सिक्का) बिक्री वितरण गर्ने भएको छ । तर, यसपालि भने सुनका असर्फी वितरण नगर्ने भएको छ ।

राष्ट्र बैंकको टक्सार महाशाखाले जारी गरेको सूचनामा असोज २६ गतेदेखि चाँदीका मेडालियन बिक्री वितरणका लागि मूल्य सार्वजनिक गरिएको उल्लेख छ । सूचनाअनुसार यस वर्ष लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित मेडालियन प्रत्येक १० ग्रामका दरले उपलब्ध हुनेछन् ।

प्रत्येक मेडालियनको मूल्य ३ हजार रुपैयाँ तोकिएको छ र प्रतिव्यक्ति एक थान मात्रै वितरण गरिनेछ । खरिद गर्न आउने व्यक्तिले नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको अन्य कुनै मान्य परिचयपत्र साथमा ल्याउनुपर्नेछ ।

राष्ट्र बैंकले विगतका वर्षहरूमा सुनका असर्फी पनि बिक्री गर्दै आएको थियो, तर यो वर्ष सुन असर्फी वितरण स्थगित गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?