हिंसा भड्काउने पोष्ट नगर्न बाँके प्रहरीको आग्रह

लोकपथ
154
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत हिंसा भड्काउने पोष्ट नगर्न सबैलाई आग्रह गरेको छ । 

प्रहरीले सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत विभिन्न धर्म र सम्प्रदायबिच द्वन्द्व उत्पन्न गर्ने प्रयास भइरहेको भन्दै सचेत रहन आग्रह गरेको हो । 

कार्यालयले शनिबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा केही व्यक्ति तथा समूहहरूले संक्रमणकालीन अवस्थाको अनुचित फाइदा उठाउँदै समाजमा अशान्ति फैलाउने, भ्रामक सूचना तथा समाचार प्रचार-प्रसार गर्ने, धार्मिक सद्भाव भड्काउने र दंगा निम्त्याउने खालका गतिविधि गर्दै आएको तथ्य फेला परेको उल्लेख गरेको छ।

विज्ञप्तिमा हिंसा भड्काउने, भ्रम सिर्जना गर्ने, झूटो सूचना वा समाचार सामाजिक सञ्जालमा पोष्ट गर्ने वा गराउने जो-कोहीलाई प्रचलित कानुन अनुसार कारबाही गर्ने समेत चेतावानी दिएको छ । साथै नागरिक समाज, सञ्चारकर्मी र आम जनसमुदायलाई शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न सहयोग गर्न पनि आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले समाजमा सामाजिक सद्भाव बिग्रन नदिन सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न समेत अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?