हेलिकोप्टर तयारी अवस्थामा राख्न गृह मन्त्रालयको आग्रह

लोकपथ
469
Shares

काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालयले निजी हेलिकप्टरहरूलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।

अत्यधिक वर्षा र सम्भावित विपद् जोखिमको पूर्वानुमानका कारण वायु सेवा सञ्चालक संघलाई निजी हेलिकप्टरलाई तत्काल प्रयोगको लागि तयार राख्न आग्रह गरेको हो ।  

मन्त्रालयले जारी गरेको पत्र अनुसार, २० गतेसम्म कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशसम्म भारी वर्षा हुन सक्ने अनुमान छ। यसले बाढी, पहिरो, डुबान लगायतका जोखिम बढाउने भएकाले खोज तथा उद्धार, राहत, स्थानान्तरण र पुनर्स्थापना कार्यमा तत्काल हेलिकप्टर आवश्यक हुन सक्ने उल्लेख गरिएको छ।

पत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको सहकार्यमा निजी हेलिकप्टरलाई ‘Standby’ अवस्थामा राख्न आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?