बस दुर्घटनामा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

लोकपथ
518
Shares

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन्।

खयरमाराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ख १४६४ नम्बरको बस आज बिहान लक्ष्मीनारायण माध्यमिक विद्यालय नजिकै दुर्घटनाग्रस्त भएको हो।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास बमका अनुसार दुर्घटनामा बर्दिबास–१० का ८० वर्षीय पैदलयात्री चुल्हाई चौधरीको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा ज्यान गएको छ।

बसमा सवार ४० जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूको बर्दिबासस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?