काठमाडौं । नेपाल आयल निगमले पृथ्वी राजमार्ग अन्तर्गत पेट्रोलियम पदार्थ आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार हाल राजमार्ग अन्तर्गतका सम्पूर्ण पेट्रोल पम्पहरूमा आपूर्ति नियमित भइसकेको छ ।
मुग्लिन नारायणगढ सडक खण्डमा केही दिनअघि देखिएको अवरोधका कारण पेट्रोलियम पदार्थ आपूर्तिमा असहजता भएको थियो । तर सो सडक खण्ड अहिले पूर्ण रूपमा सञ्चालनमा आएपछि पेट्रोलियम आपूर्ति सहज भएको निगमले जनाएको छ ।
प्रवक्ता ठाकुरले भने, ‘मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा अस्थायी रूपमा समस्या देखिएको थियो । तर अहिले त्यो समस्या समाधान भइसकेको छ र अब पेट्रोलियम पदार्थको अभाव छैन ।’
निगमले पेट्रोलियम पदार्थ आपूर्ति सहज रहेको जानकारी सबै सरोकारवालालाई गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया