जेनजी आन्दोलनका घाइते भेट्न टिचिङ पुगे सञ्चारमन्त्री खरेल

लोकपथ
147
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुसँग भेट गरेका छन् । शुक्रबार मध्यान्ह उनी त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए । आन्दोलनकै उपलब्धि स्वरुप तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार पतन भएको र सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बनेकी थिइन् । त्यही सरकारमा सञ्चारमन्त्रीको रूपमा खरेल नियुक्त भएका हुन् ।

मन्त्री बनेको केही दिनमै उनले अस्पताल पुगेर आन्दोलनका घाइतेहरूको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए । भेटका क्रममा उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमी नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री खरेलले जेनजी आन्दोलनका मागलाई सम्बोधन गर्ने गरी आफूले काम गर्ने विश्वास दिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?