काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईश्वरराज पौडेलबारे नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दिवेश लोहनीले अमर्यादित टिप्पणी गरेका छन् ।
उनले जेनजी आन्दोलनपछि काठमाडौंमा सरुवा भई आएका पौडेललाई ‘भ्रष्ट र आपराधिक मनोवृत्ति भएको व्यक्ति’ भनेर टिप्पणी गरेका छन् । प्रमुख जिल्ला अधिकारीको रूपमा पौडेलको अनुभव नभएको आरोप लगाउँदै पूर्वएआईजी लोहनीले काठमाडौैंमा कार्यरत प्रहरी कर्मचारीहरूलाई भनेका छन्, ‘भर नपर्नु, बचेर काम गर्नुहोला ।’
काठमाडौंका यसअघिका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई हटाउँदै गृह मन्त्रालयले उनको ठाउँमा पौडेललाई ल्याएको हो । रिजालमाथि जेनजी आन्दोलनका क्रममा प्रदर्शनमा आएका विद्यार्थीमाथि अत्यधिक दमन गरेको आरोप छ ।
पौडेललाई गृहमन्त्रीस्तरीय निर्णयबाट असोज ८ मा काठमाडौंमा सरुवा गरिएको थियो ।
काठमाडौंको नयाँ प्रमुख जिल्ला अधिकारी पौडेल २०७५ मा साढे ३३ केजी सुन तस्करी छानबिन समितिको सदस्य थिए । समितिले यो प्रकरणमा तत्कालीन एसएसपी विदेश लोहनीको पनि त्रुटि औँल्याएको थियो । लोहनी त्यतिबेला काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख थिए । प्रतिवेदनको आधारमा लोहनीविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरेर प्रतिवादी बनाएको थियो ।
यद्यपि, लोहनीले पछि सफाइ पाएका थिए । त्यसबेलादेखि नै पौडेल र लोहनीको सम्बन्ध राम्रो छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया