एआईको प्रयोग बढाऔँ : एन्टोनियो गुटेरेस

लोकपथ
196
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमा विशेष गरी बल प्रयोग सम्बन्धी निर्णयमा मानवीय नियन्त्रण अपरिहार्य हुनेमा जोड दिएका छन् ।

सुरक्षा परिषद्को एआई र अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा सम्बन्धी खुला बहसलाई सम्बोधन गर्दै उनले मानवताको भाग्यलाई एल्गोरिथ्ममा छोड्न नसकिने स्पष्ट पारे । ‘जीवन–मृत्युका संवेदनशील निर्णयहरूमा मानिसहरूको नै अधिकार कायम रहनुपर्छ, ‘गुटेरेसले भने ।

उनका अनुसार परिषद् र सदस्य राष्ट्रहरूले अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघको बडापत्रको पूर्ण अनुपालनमा एआईको सैन्य प्रयोग सुनिश्चित गर्नुपर्नेछ । बल प्रयोगका हरेक प्रक्रियामा मानव नियन्त्रण र निर्णय सुरक्षित हुनुपर्ने आवश्यकता उनले औँल्याए ।

एआई अब टाढाको कल्पना मात्र नभई दैनिक जीवन, सूचना प्रवाह र विश्वव्यापी अर्थतन्त्रमा तीव्र रूपमा प्रयोग भइरहेका कारण यसको लागि सुसंगत विश्वव्यापी नियामक ढाँचाहरू बनाउनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?