नक्कली भुटानी शरणार्थी प्रकरण : जेलबाट भागेका सानु भण्डारी र केशव दुलाल पक्राउ

लोकपथ
1.7k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिर जेनजी आन्दोलनका क्रममा फरार जना पक्राउ परेका छन् ।

जेनजी आन्दोलनका क्रममा फरार रहेका सानु भण्डारी र केशव दुलाल पक्राउ परेका हुन् ।

मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

भण्डारी र दुलाल नक्कली भुटानी शरणार्थी प्रकरणमा गत भदौ २४ गते कारागारबाट फरार भएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भइ पुर्पक्षका थुनामा रहेका थिए ।

त्यसो त सोही प्रकरणमा जोडिएका र जेनजी आन्दोलनका क्रममा फरार रहेका एमाले पूर्वसचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी आज कारागार फर्किएका छन् । तर सोही प्रकरणमा जोडिएको तत्कालीन गृहसचिव टेकनारायण पाण्डे भने अझै फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?