काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य ७०० रुपैयाँ घट्दै तोलामा २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको हो ।
शुक्रबार भने छापावाल सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया