उपत्यकामा चल्न थाले सार्वजनिक यातायात

लोकपथ
84
Shares

 काठमाडौं । निषेधाज्ञा र कर्फ्यू हटेसँगै काठमाडौं उपत्यकासहित देशभर जनजीवन सामान्य बन्दै गएको छ ।

काठमाडौं उपत्यकामा आइतबारदेखि सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालनमा आएका छन् । 

शनिबार केही सवारी साधन मात्र सञ्चालनमा आए पनि चक्रपथ क्षेत्रमा सीमित थिए । 

तर आइतबारदेखि चक्रपथसँगै भित्रि सडक र उपत्यका बाहिरका मार्गहरूमा समेत सार्वजनिक यातायात चल्न थालेपछि यात्रुहरूलाई सहजता भएको छ ।

यात्रामा समस्या भोगिरहेका सर्वसाधारणले यातायात सञ्चालनमा आएपछि राहतको अनुभव गरेका छन् ।

सार्वजनिक यातायातसँगै होटल, किराना पसल तथा सरकारी कार्यालयहरू पनि सञ्चालनमा आउँदै गएका छन् । 

यसले उपत्यकासहित देशभर सामान्य जीवन पुनः गतिशील बन्दै गएको संकेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?