चितवनमा जनजीवन सामान्य बन्दै, विद्यालय र सार्वजनिक सेवा पुनः सञ्चालनमा

लोकपथ
42
Shares

चितवन । जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द भएका चितवनका सामुदायिक तथा संस्थागत विद्यालय आजदेखि सञ्चालनमा आएका छन् ।

शनिबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा जिल्लाको जनजीवन क्रमशः शान्त बन्दै गएकाले सम्पूर्ण शैक्षिक संस्था, लामो तथा छोटो दूरीका सवारीसाधन र सरकारी कार्यालयहरू सञ्चालन गर्न आग्रह गरिएको छ ।

सूचनामा कार्यालयहरूले सम्भव भएसम्मका सेवाहरू उपलब्ध गराउन, सेवाग्राहीसँग विनम्र व्यवहार गर्न तथा तोडफोड र आगजनी प्रभावित कार्यालयमा सरसफाइ कार्य तत्काल गर्न निर्देशन दिइएको छ । सरसफाइका लागि आवश्यक जनशक्ति जिल्लाप्रहरीसँग समन्वय गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी नेपाल विद्युत् प्राधिकरणलाई जलेका मिटर तत्काल जडान गर्न, खानेपानी कार्यालयलाई आपूर्ति सुनिश्चित गर्न र क्षतिको विवरण एकिन गर्न सम्बन्धित समितिसँग समन्वय गर्न सबै कार्यालयलाई भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?