काठमाडौं । नेपाली सेनाले काठमाडौंलगायत देशका विभिन्न स्थानमा आगजनी, लुटपाट र जीउधनको क्षति गर्ने उद्देश्यले विध्वंसात्मक, अराजक तथा उच्छृङ्खल गतिविधि गरेको भन्दै २७ जनालाई पक्राउ गरेको छ । साथै उनीहरूबाट ‘विषम परिस्थितिको अनुचित फाइदा उठाउने’ त्यस्ता व्यक्तिबाट हातहतियार पनि बरामद गरेको छ ।
सेनाका अनुसार, गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार रुपैयाँ नगद र काठमाडौंको विभिन्न स्थानबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका ३१ वटा हतियार बरामद गरिएको छ । तिनमा प्रयोग हुने म्यागजिन एवं गोलीगठ्ठाहरू बरामद गरिएको सेनाको भनाइ छ ।
सेनाको विज्ञप्तिअनुसार, ३ वटा वारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया