प्रधान सेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै, सडकमा निस्कने संकेत

लोकपथ
17.6k
Shares

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानसेनापतिले केही समयमै सम्बोधन गर्ने तयारी भएको नेपाली सेना स्रोतले जनाएको छ ।

यसअघि नै नेपाली सेनाले विज्ञप्ति निकालेर सडकमा निस्कने संकेत गरेको थियो । नेपाली सेनाको तर्फबाट यसअघि जारी विज्ञप्तिमा नेपाली जनताको जिउधनको रक्षा गर्न र देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक तथा राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको साझा दायित्व रहेको बताउँदै सडकमा निस्कने संकेत दिएको थियो ।

सेनाले पछिल्लो विकसित घटनाक्रमबारे आफूहरूले विश्लेषण गरिरहेको भन्दै संयमित हुन समेत आग्रह गरेको थियो ।

साँझ ६ बजे सेनाले विज्ञप्ति निकालेर संयमित हुन आग्रह गरेको भए पनि प्रदर्शनकारी संयमित नभएपछि सेनाले राष्ट्रको नाममा सम्बोधन नै गरेर शान्ति सुव्यवस्था कायम राख्न सडकमा निस्कन लागेको हो ।

केही समयमै नेपाली सेनाका प्रधान सेनापतिले सम्बोधन गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?