काठमाडौं । रुप्से होलिडेजले टिकटभन्दा पनि सस्तो मूल्यमा बालीको टुर प्याकेज सार्वजनिक गरेको छ । ४ रात ५ दिनका लागि रुप्सेले टिकटभन्दा पनि सस्तो मूल्यमा टुर प्याकेज नै दिन लागेको हो ।
रुप्सेले आगामी सेप्टेम्बर १४ अर्थात् भदौ २९ गते फिक्स डिपार्चर गर्ने गरी ४ रात ५ दिनको टुर प्याकेज केवल १ लाख रुपैयाँमै दिन लागेको हो । जबकि अहिले इन्डोनेसियामा रहेको बाली अर्थात् डेनपासर एयरपोर्टमा जाने र आउने दुईतर्फी भाडा नै एक लाख रुपैयाँभन्दा महँगो पर्छ । सेप्टेम्बर १४ मा गएर १८ मा फर्कने दुईतर्फी हवाई टिकटको भाडा अहिले प्रति व्यक्ति एक लाख १५ हजार रुपैयाँमा विक्री वितरण भइरहेको छ ।

रुप्सेले ४ रात ५ दिनको पूर्ण प्याकेज केवल ९९ हजार ९९९ रुपैयाँमा उपलब्ध गराएको छ । यसमा दुईतर्फी हवाई टिकट, इन्डोनेसियामा तीन तारे होटेलको बसोबास, दैनिक ब्रेकफास्ट, स्थानीय यातायात, सिटी टुर र अन्य स्थानीय भ्रमणको टिकट शुल्क तथा भिसा शुल्क सबै समावेश गरिएको जनाएको छ ।
इन्डोनेसिया टुरका क्रममा पर्यटकलाई हान्दरा गेट, उबुद, तनाह लोट, उल्लुवाटु र वाटर स्पोट्र्सको मनोरञ्जन दिने रुप्सेले जनाएको छ ।
यस्तो छ रुप्सेको भ्रमण तालिका
दिन १ (सेप्टेम्बर १४) : काठमाडौँबाट बाली प्रस्थान
भ्रमणको पहिलो दिन काठमाडौंबाट इन्डोनेसियाको नुरा राई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिनेछ । एयरपोर्टमा इमिग्रेसनको काम सकिएपछि त्यहाँका स्थानीय गाइडले सबै पर्यटकलाई लिएर होटेलमा जानेछन् । पहिलो दिन होटेलमा पुगेर त्यहीँ आराम गर्ने, घुमघाम वा सपिङका लागि निस्कने वा नजिकैको क्याफे तथा समुद्र किनारको रेस्टुरेन्टमा खानपिनको मजा लिन सकिनेछ ।
दिन २ (सेप्टेम्बर १५) : उबुद-हान्दरा गेट-तनाह लोटको भ्रमण
भ्रमणको दोस्रो दिन बिहान होटेलमा ब्रेकफास्ट गरिसकेपछि बालीको चर्चित स्थान उबुदको भ्रमणबाट गरिनेछ । उबुद बालीको धार्मिक तथा सांस्कृतिक केन्द्र पनि हो । जहाँको कला, संस्कृति तथा मन्दिरहरूको अवलोकन गर्न सकिनेछ ।

बिहान उबुदको भ्रमणपछि पर्यटकहरूलाई हान्दरा गेटमा लगिनेछ । बालीको सिग्नेचर प्लेस अर्थात् हान्दरा गेट पर्यटकको आकर्षणको केन्द्र पनि हो । यसको विशाल ढोका, सुसज्जित मूर्तिकला र प्राकृतिक परिवेशले यहाँ आउने पर्यटकलाई फोटो खिच्न तथा सांस्कृतिक अनुभव लिन आकर्षित गर्ने गर्दछ ।

हान्दरा गेटको भ्रमणपछि सोही दिन समुद्र किनारको ढुङ्गामाथि अवस्थित तनाह लोट मन्दिरको पनि भ्रमण गराइनेछ । १७ औँ शताब्दीमा बनेको मन्दिर र तनाह लोटले पर्यटकको मनलाई पुलकित बनाउनेछ । यो समुद्रबाट नजिकै २ सय मिटर माथि चट्टानमा बनेको छ । यही स्थानबाट अस्ताउँदो सूर्यको मनमोहक दृश्यावलोकन गर्न समेत सकिनेछ ।
हिन्दुहरूले यस मन्दिरलाई समुद्रको देवता र समुद्री शक्तिको रूपमा मान्ने गर्छन् । यस मन्दिरको आसपासबाट मनमोहक सामुद्रिक दृश्य अवलोकन गर्नसमेत सकिनेछ । साँझको समय होटेल फर्किएपछि बाँकी समय होटेलमा आराम गर्ने वा बाहिर घुमघामका लागि निस्कन सकिनेछ ।
दिन ३ (सेप्टेम्बर १६) : वाटर स्पोट्र्स र उल्लुवाटु भ्रमण
भ्रमणको तेस्रो दिन होटेलमा ब्रेकफास्ट गरिसकेपछि बिहानको सुरुवात थ्री इन वान वाटर स्पोट्र्स प्याकेजबाट हुनेछ । समुद्री किनारमा पुगेर पारासेलिङ, जेट स्की र बनाना बोटको मज्जा लिन सकिनेछ । यसमा मनोरञ्जनको साथै समुद्री किनारको सुन्दरता नजिकबाट अवलोकन गर्ने सकिनेछ ।

वाटर स्पोट्र्सको मज्जा लिइसकेपछि बालीकै अर्को चर्चित मन्दिर उल्लुवाटु मन्दिर लगिनेछ । बालीबाट दक्षिण पश्चिममा रहको उल्लुवाटु मन्दिर पनि समुद्रको किनारबाट ८२५ फिट उचाइमा रहेको मन्दिर हो । यो मन्दिर हिन्दुहरूका लागि अति नै महत्त्वपूर्ण मन्दिर हो, जहाँ सीताको हरण गरेर लंका लगेको र हनुमानले लंका जलाएको केचक डान्स पनि देखाइन्छ । करिब १० मिनेटको सिँढीको यात्रा गरेर उक्त मन्दिरमा पुग्न सकिन्छ ।
दिन ४ (सेप्टेम्बर १७ : फ्री डे)
बाली भ्रमणको चौथो दिन फ्री डेको रूपमा रहेको छ । अर्थात् पर्यटकहरूले आफ्नो रुचि अनुसार समय बिताउन सक्ने छन् । यस दिन होटेलकै स्वीमिङ पुलमा मजा लिने, वरिपरि घुम्ने वा आफ्नो मन पर्ने गतिविधिमा सहभागी हुन सकिनेछ । सपिङ गर्न मन पराउनेले उक्त दिन सपिङका लागि निस्कन समेत सक्नेछन् ।
साहसिक गतिविधि मन पराउने पर्यटकहरूले उक्त दिन रोमाञ्चक एटीभी राइड पनि गर्न सक्नेछन् । साथै, पूरा दिनको लागि प्रसिद्ध नुसा पेनिदा भ्रमण गर्न सकिन्छ, जहाँ सुन्दर समुद्री किनार, चट्टानी भित्ताहरू, समुद्री किनारमै खेल्ने ठुला माछाहरूलाई निकै नजिकबाट नियाल्न सकिनेछ ।

रोमान्टिक अनुभव खोज्ने पर्यटकका लागि सोही दिन सनसेट डिनर क्रुज पनि गर्न सकिनेछ । सनसेट डिनरमा डिनरसँगै बोर्डमै मनोरञ्जनको मजा लिन सकिन्छ । यसै गरी, पारम्परिक बालिनिज मसाज र स्पा सत्र लिएर आरामदायी अनुभव पनि गर्न सकिन्छ ।
दिन ५ (सेप्टेम्बर १८) : काठमाडौं फिर्ती
चार दिन इन्डोनेसियाको बालीमा घुमघाम गरेपछि भ्रमणको पाँचौँ दिन बिहान होटेलमा ब्रेकफास्ट गरी काठमाडौं फर्कन एयरपोर्ट पुगिनेछ । अविस्मरणीय सम्झनाहरूका साथ इन्डोनेसियाको बाली भ्रमण समाप्त हुनेछ ।
भिसा प्रक्रिया
इन्डोनेसियामा पहिले नेपालीहरूलाई फ्री भिसा र अन अराइभल भिसा भएकामा अहिले त्यो सुविधा छैन । इन्डोनेसियाको भिसा लिनका लागि पहिले नै अनलाइन मार्फत फारम भरी भिसा शुल्कसमेत बुझाउनुपर्नेछ ।
भिसाका लागि ३५X४५ को एउटा हालसालै खिचिएको फोटो हुनुपर्छ जसमा सेतो ब्याक ग्राउन्ड भएको, चस्मा, टिका वा टोपी नलगाएको हुनुपर्नेछ ।
त्यसै गरी भिसा लिनका लागि कम्तीमा ६ महिनाको अवधि भएको एमआरपी पासपोर्ट आवश्यक हुन्छ भने कम्तीमा ६ महिनाको बैंक स्टेटमेन्ट र कम्तीमा ३ लाख रुपैयाँको अन्तिम बैंक ब्यालेन्स रहेको हुनुपर्छ ।
किस्ताबन्दीमा समेत जान सकिने
इन्डोनेसियाको बाली भ्रमणमा जान चाहने तर तत्कालै सबै रकम नहुने सेवाग्राहीले किस्ताबन्दीमा समेत बाली घुम्न सक्ने रुप्सेले जनाएको छ । त्यसका लागि आफूले काम गर्ने वा नियमित आम्दानी गर्ने कम्पनीबाट पत्र बनाई सोही पत्रका आधारमा मासिकरुपमा किस्ता तिर्ने गरी घुम्ने सुविधा उपलब्ध हुने रुप्सेले जनाएको छ ।
*infomercial content
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया