काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा तीन दिनको अवधिमा ७८ हजार बढीले अवलोकन गरेका छन् ।
नाडाले दिएको जानकारी अनुसार मंगलबारबाट सुरु भएको प्रदर्शनीमा ३ दिनमै ७८,५१३ अवलोकनकर्ता सहभागी भइसकेका हुन् ।
तीन दिनको अवधिमा यति ठूलो संख्या अवलोकनकर्ताहरुको सहभागिताले नेपालमा अटो शो प्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गरेको नाडाले जनाएको छ ।
‘नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षका हैसियतले म यो उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिन्छु । यसले हाम्रो अपेक्षा अझ उचालिएको छ, र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ,’ नाडाका अध्यक्ष करण चौधरीले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
त्यस्तै उनले यसलाई एक ऐतिहासिक सफलता मान्दै नाडा अटो शोप्रति उत्साह देखाउने सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्र्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया