बागमतीका मुख्यमन्त्री लामाको राजीनामा पत्र दर्ता गरिँदै

लोकपथ
273
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा पत्र आज सोमबार प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिँदै छ ।

आइतबार साँझ पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेपनि कार्यालय बन्द भइसकेका कारण लामाले राजीनामा पत्र बुझाउन पाएका थिएनन् । उनी आफ्नो सचिवालयलाई राजीनामा पत्र जिम्मा लगाएर काठमाडौं फर्किसकेका छन् । 

आफ्नै पार्टी नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचनमा अर्का नेता इन्द्रबहादुर बानियाँसँग हारेपछि उनले राजीनामा दिने घोषणा गरेका हुन् । संसदीय दलको नेतामा हारेपनि राजीनामा नदिने अडान राखिरहेका लामा कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटपछि भने राजीनामा दिन तयार भएका थिए । 

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा आजै हेटौंडा गएपछि राजीनामा बुझ्ने र नयाँ मुख्यमन्त्री चयन प्रक्रिया अघि बढाउने भएका छन् । 

धापासीस्थित ग्राण्डी अस्पतालमा मूत्र प्रणालीको उपचार गराएर उनी हिजो मात्र डिस्चार्ज भएर ललितपुरको भैंसेपाटीस्थित सरकारी निवासमा गएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?