यू-१९ एसिया कपको तयारीका लागि २८ खेलाडीको प्रारम्भिक टोली घोषणा

लोकपथ
0
Shares

काठमाडौं । यू–१९ एसिया कपको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ खेलाडीको प्रारम्भिक टोली सार्वजनिक गरेको छ ।

क्यानले आज सार्वजनिक गरेको टोलीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश बजगाईं रहेका छन् ।

त्यस्तै, दर्शन सोनार, विपिन शर्मा, सुगम बुढाथोकी, आशिक बैठा, जोय थापा, सोहेल कुँवर, रौनक श्रीवास्तव, रोहित चन्द, सौजन घिमिरे, क्रितिक कामत, भूपाल डंगोल, राहुल हक, दीपक सेमेला र रोशन शाही पनि प्रारम्भिक टोलीमा परेका छन् ।

टोलीको बन्द प्रशिक्षण आइतबारदेखि पोखरामा सुरु हुनेछ। बन्द प्रशिक्षणमा खेलाडीहरूले गर्ने प्रदर्शनका आधारमा अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?