सामसङ ग्यालेक्सी ए१७ फाइभजी अब २४ महिनाको किस्ताबन्दीमा किन्न पाइने

लोकपथ
0
Shares

काठमाडौं । सामसङ ग्यालेक्सी ए१७ फाइभजी स्मार्टफोन अब २४ महिनाको किस्ताबन्दी सुविधामा खरिद गर्न पाइने भएको छ । सामसङ मोबाइल नेपालले चाडपर्वलाई लक्षित गर्दै मासिक एक हजार २२१ रुपैयाँदेखि सुरु हुने किस्ताबन्दी योजना सार्वजनिक गरेको हो ।

यस योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो स्मार्टफोन साटेर तीन हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि पाउनेछन् । कम्पनीका अनुसार एक्सचेन्ज सुविधामार्फत सुरुमा तिर्नुपर्ने रकम शून्यसम्म बनाउन सकिनेछ ।

कम्पनीका अनुसार ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको ग्यालेक्सी ए१७ फाइभजीको मूल्य ४४ हजार ९९९ रुपैयाँ छ । यो फोन २४ महिनाको किस्ताबन्दीमा किन्दा मासिक एक हजार २२१ रुपैयाँ तिर्नुपर्नेछ ।

त्यस्तै, ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य ४८ हजार ९९९ रुपैयाँ छ। यसको मासिक किस्ता एक हजार ३३० रुपैयाँ हुनेछ।

यसैगरी, ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको मोडलको मूल्य ५६ हजार ९९९ रुपैयाँ तोकिएको छ । यसका लागि मासिक एक हजार ५४७ रुपैयाँ किस्ता तिर्नुपर्नेछ ।

किस्ताबन्दी योजना र यसका सर्तबारे थप जानकारी लिन ग्राहकले नेपालभर रहेका सामसङका आधिकारिक स्टोर तथा खुद्रा बिक्री केन्द्रमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?